
काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाले २ सय प्रतिशत हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा दिएको निवेदन स्वीकृत भएको छ । कम्पनीले १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीको हकप्रद विक्रीको प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापँुजी ६ करोड ६ लाख छ । हकप्रद विक्रीपछि पुँजी १८ करोड २० लाख पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस