
काठमाडौं । एडिबिको ट्रेड फाइनान्स प्रोग्राम तथा लक्ष्मी बैंकबीच कर्जा तथा टे«ड सहयोग सम्झौता भएको छ ।
एशियन डेभलपमेन्ट बैंक (एडिबि)को ट्रेड फाइनान्स प्रोग्राम (टि एफ पि) तथा नेपालको अग्रणी बैंक लक्ष्मी बैंक लिमिटेडबीच कर्जा तथा टे«ड सहयोगको लागि एक सम्झौतामा हस्ताक्षर भएको हो ।
एडिबि को ट्रेड फाइनान्स प्रोग्राम नेपालमा सन् २००९ देखि सञ्चालित रहदैं आएको छ भने यसले नेपालका दुई स्थानीय बैंकहरुसँग सहकार्य समेत गर्दै आएको छ । आजसम्म यस कार्यक्रमले २०० भन्दा बढी वित्तीय कारोबार गरिसकेको छ ।
यसबाट ८२ मिलियन अमेरिकी डलरको सहयोग प्राप्त भएको छ । यसबाट कृषि कमोडिटी, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न ८० क्षेत्रका साना तथा माझौला व्यवसायहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको जनाएको छ ।
सम्झौता हस्ताक्षर पछि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले “एडिविको यस कार्यक्रममा सहभागी हुन पाउँदा लक्ष्मी बैंक गौरवान्वित भएकोको बताए ।
‘एडिबिको ट्रेड मेम्बर बैंकका रुपमा सहभागी भई अन साइट तथा अफ साइट कार्यहरु प्रति लगनशील रहेका कारणले हामी यस परियोजनामा सहभागी भएका हौं’ उनले भने ।
नेपालका लागि एडिवि इन्भेष्टमेन्ट स्पेसलिस्ट एण्ड रिलेसनसिप म्यानेजर ज्यानेट हाइडले “लक्ष्मी बैंकसँग गरिएको ट्रेड फाइनान्स प्रोग्रामले नेपालको वर्तमान आर्थिक वृद्धिमा विशेष सहयोग पुगेको छ ।” “यो नयाँ सुविधाले पुननिर्माणको कार्यले देशमा आर्थिक क्रियाकलाप हुनगई साना तथा मझौला व्यवसायको विकासमा सहयोग पुग्ने” बताए ।
प्रतिक्रिया दिनुहोस