aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मेगा बैंकको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ मंसिर २०७९
मेगा बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । मेगा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार बैंकको प्रस्तावित ४ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको पछिल्लो कारोबार दिनको शेयरमूल्य २१२ दशमलव ८० को आधारमा बोनस शेयरपछिको मूल्य २०४ दशमलव ६२ कायम गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस