
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको एक साथ १४ वटा शाखा काठमाडौंमा डिजिटल प्रविधिबाट उद्घाटन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले होटल याक एन्ड यतीमा आयोजित एक कार्यक्रमका बीच बैंकका सबै शाखाको एक साथ उद्घाटन गरेका हुन् ।
बुधबार बैंकले प्रदेश नम्बर १ मा दुई वटा शाखा, प्रदेश नम्बर २ मा चार वटा शाखा, प्रदेश नम्बर ३ मा तीन वटा शाखा, प्रदेश नम्बर ४ मा दुई वटा शाखा र प्रदेश नम्बर ५ मा तीन वटा शाखा एक साथ उद्घाटन गरी सञ्चालनमा ल्याएको हो । आज थपिएका शाखासँगै राष्ट्रिय वाणिज्य बैंकको कुल शाखा संख्या २३७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस