aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सेञ्चुरी कमर्सियल बैंकको साधारणसभा पुस १४ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ मंसिर २०७९
सेञ्चुरी कमर्सियल बैंकको साधारणसभा पुस १४ गते

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पुस १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ५ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ ।

बैंकले हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ५५ करोड ३९ लाख ९ हजारको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रभु बैंकसँगैका प्राप्तिको विषयलाई पनि सभाले स्वीकृति प्रदान गर्नेछ । प्रभु बैंकसँग एक बराबर एक शेयर आदानप्रदान गर्दै प्राप्ति प्रकृयामा जाने प्रस्तावलाई सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस