
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १५३ मूल्य अंकित गरी उक्त शेयर लिलामीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने बैंकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस