aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लाभांश पारित गर्न प्रभु बैंकले बोलायो पुस १४ गतेसाधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ मंसिर २०७९
लाभांश पारित गर्न प्रभु बैंकले बोलायो पुस १४ गतेसाधारण सभा

काठमाडौं । प्रभु बैंक लिमिटेडले पुस १४ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम रुप दिनेछ । यस वर्ष बैंकले हाल कायम चुक्तापूँजीको आधारमा ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रहेको छ । सोही पूँजीको आधारमा कुल ८ प्रतिशत लाभांश वितरण गर्ने तयारी बैंकले गरेको हो ।

सभाले उल्लेखित प्रस्तावहरु सहित सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्दै सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्न लागेको हो । 

सभाले प्राप्ति सम्बन्धी आवश्यक जिम्मेवारी पुरा गर्न सञ्चालक समितिलाई पूर्ण जिम्मेवारी दिनेछ । बैंकको अधिकृत पूँजी रू. १२ अर्ब ७० करोड ८७ लाख ४ हजारबाट बृद्धि गरी रू. २४ अर्ब पुर्याउने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस