aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ मंसिर २०७९
सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस