aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बैंक अफ काठमाण्डूको २०.९५ प्रतिशत लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ मंसिर २०७९
बैंक अफ काठमाण्डूको २०.९५ प्रतिशत लाभांश पारित

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २८औं वार्षिक साधारण सभा सम्पन्न भएके छ । सो सभा शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । 

सभाले २०७८/७९ सम्मको संचित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले श्री नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ । 

साथै, बिशेष प्रस्तावहरु अन्तर्गत बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गरी मूल्याङ्कनकर्ताको सिफारिस गरेको शेयर स्वाप अनुपात १ः१ मा रहि मर्जर सम्बन्धि विषयमा संचालक समितिबाट भएका निर्णयहरु सम्बन्धमा सम्पूर्ण प्रस्तावहरु उक्त सभाले पारित गरेको छ । 

प्रतिक्रिया दिनुहोस