
काठमाडौं । चालू आर्थिक वर्षको साढे चार महिनाको अवधिमा वाणिज्य बैंकहरुमा ९५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । चालू आवको पहिलो महिना साउनको ६ गतेदेखि यही मङ्सिर १६ गतेसम्मको अवधिमा बैंकहरुमा उक्त बराबर निक्षेप थपिएको हो ।
नेपाल बैंकर्स संघका अनुसार गत साउन ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप ९५ अर्ब रुपैयाँले बढेर मङ्सिर १६ गतेसम्म आइपुग्दा ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि बढेको छ । गत साउन ६ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह मङ्सिर १६ गतेसम्म आइपुग्दा ५८ अर्ब रुपैयाँले बढेर ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको संघको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस