aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लक्ष्मी बैंकको वित्तीय विवरण सञ्चालक समितिद्वारा स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
लक्ष्मी बैंकको वित्तीय विवरण सञ्चालक समितिद्वारा स्वीकृत

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंसिर २५ गते विहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरुलाई स्वीकृति प्रदान गर्दै यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले नेप्से मार्फत सुचना जारी गर्दै यस वर्ष लाभांश वितरणको प्रसताव नगरेको जानकारी दिएको हो । सञ्चालक समितिले स्वीकृत गरेको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत आइतवारको बैठकले गरेको छ । 

विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको बैंकले यस वर्ष भने लाभांश वितरण नगर्ने निर्णयमा पुगेको हो । गत वर्ष बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।


 हाल बैंकको चुक्तापूँजी रू. ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब २५ करोड ५२ लाखभन्दा बढी थियो । उक्त अवधिसम्म बैंकले रू. १ अर्ब ६० करोड ३५ लाखभन्दा बढी खुद नाफा कमाएको थियो ।
 

प्रतिक्रिया दिनुहोस