aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राष्ट्रिय सहकारी बैंकको निर्वाचन तालिका सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
राष्ट्रिय सहकारी बैंकको निर्वाचन तालिका सार्वजनिक

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आगामी पुस १६ माहुने १९ औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ सञ्चालक समिति र लेखासुुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक गरेको छ ।

 यस अघि पुस ११ गते पहिलो पटक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको बैंकले आइतबार दोस्रो पटक बैंकको वेबसाइट मार्फत निर्वाचन सम्बन्धी विस्तृत जानकारी सहितको कार्यतालिका सार्वजनिक गरेको बैंकको निर्वाचन उपसमितिका संयोजक अधिवक्ता सुमन पौडेलले जानकारी दिए । निर्वाचन उपसमितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ५ गतेदेखि १८ गतेसम्म निर्वाचनको समय तोकिएको छ ।

तालिका अनुसार पुस ५ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्रवितरण गर्ने जस्ता कार्यक्रम रहेका छन्, पुस ६ गते उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूची उपरको दाबी–विरोध, दरखास्त, दाबी–विरोधको छानबिन र उम्मेदवारी उपर परेको उजुरीको निर्णय (नामावली प्रकाशन) गर्ने रहेको छ ।   पुस ७ गते उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन र पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ ।

त्यसै गरी साँझ ५ बजे देिख मतपेटिका सङ्कलन÷सङ्ग्रह, र मतगणना गर्ने, पुस १७ गते बिहान १० बजे निर्वाचन उपसमितिको बैठक बस्ने, पुस १८ गते बिहान ११ बजे निर्वाचन परिणामको घोषणा गर्ने र दिउँसो १ बजे निर्वाचित अध्यक्ष तथा सञ्चालक सदस्यहरूको शपथ ग्रहण तथा प्रमाण–पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्वाचन उपसमितिले जनाएको छ ।

साधारणसभाबाट एक अध्यक्ष सहित खुल्ला सञ्चालक सदस्य (कम्तीमा ३ महिला सहित) ७ जना, प्रत्येक प्रदेशबाट एक÷एकजना सञ्चालक सदस्य (कम्तीमा २ महिला सहित) ७ जना गरी १५ जना सञ्चालक समिति र  संयोजक सहिततीन सदस्यीय लेखा सुपरिवेक्षण समिति (कम्तीमा एक जनामहिला) अनिवार्य चयन हुने जनाइएको छ । 

साधारणभामा २०७९ मंसिर ८ गते सम्म सदस्य तालिएका १५ हजार ७ सय २६ सदस्य सहकारी संघ÷संस्थाहरुले मात्र सहभागिता जनाउन पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए । 
 

प्रतिक्रिया दिनुहोस