
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ३४ पैसा र बिक्री दर १३१ रूपैयाँ ९४ पैसा तथा युरो एकको खरिद दर १३८ रूपैयाँ ३३ पैसा र बिक्री दर १३८ रूपैयाँ ९६ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ९८ पैसा र बिक्री दर १६१ रूपैयाँ ७२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४० रुपैयाँ ५५ पैसा र बिक्री दर १४१ रुपैयाँ १९ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ २६ पैसा र बिक्री दर ८९ रुपैयाँ ६७ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस