aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित, अग्रवाल नयाँ सञ्चालक नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ मंसिर २०७९
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित, अग्रवाल नयाँ सञ्चालक नियुक्त

काठमाडौं  । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०२१÷२२ मास्ट्याण्डर्ड चार्टर्डले संचालन मुनाफा र खुदमुनाफाक्रमशः ३.२४ बिलियन रुपैयाँ र २.२६ बिलियन रुपैयाँ आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०२१÷२२ को अन्त्यमा बैंकले जोखिम व्यवस्थापनतर्फ ९१ बिलियन पु¥याउन गतवर्षको तुलनामा २४.८ प्रतिशतको वृद्धि गरेको  छ ।

 यसैगरी बचत ९१ बिलियन पु¥याउन निक्षेपमा ६.२प्रतिशतको वृद्धिदर भएको छ । । संचालक समितिले प्रस्ताव गरे बमोजिम साधारण सभाबाट आर्थिक वर्ष २०२१÷२२को लागि शेयरधनीहरुलाई २०२२ जुलाई १६ मा भएअनुसार चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभाँश वितरण प्रस्ताव पारित गरेको छ । 

साधारण सभाले  अविनाश अग्रवाललाई साधारण शेयर सदस्यहरुबाट नयाँ सञ्चालक सदस्यमा नियुक्त गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा स्ट्याण्डर्ड चार्टर्ड समुहको ७०.२१ प्रतिशत र सर्व साधारणको २९.७९प्रतिशत शेयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस