ललितपुर । भूमिव्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्रको थप सुधारका लागिनीतिगतव्यवस्थालाई व्यवहारमाकार्यान्वयन गर्नुपर्ने बताएका छन । उनले सहकारी क्षेत्रमार्फत समाज रूपान्तरण गर्न सकिने योगदानलाई थप वृद्धि गर्नका लागि सरकार र अभियानबीचको निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे ।
राष्ट्रिय सहकारी बैंकले आइतबार सचिव डा.रेग्मीको स्वागतमाआयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘सहकारी क्षेत्रमाभएको विकृतिलाई निरुत्साहन गर्नको लागि सरकार र सहकारी अभियान मिलेर थप सुधारको कार्य गर्न सकिन्छ ।’
सहकारीको बचत परिचालन, सशक्तीकरण, युवा सहभागिता र गरिबी न्यूनीकरणका साथै वित्तीय परिचालनमा अनुशासित बनाउनको लागि राज्यले सहकारी अभियानसँग समन्वय गरेर कार्य गर्नुपर्नेमा सचिव रेग्मीले जोड दिए ।
सहकारी बैंकले वित्तीयतथा गैर–वित्तीय क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै उनले बैकसँगको सहकार्यमा सहकारी क्षेत्रको नीतिगत सुधारका कार्य गर्न सकिने उल्लेख गरे । बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारीमा देखिएको पछिल्लो अवस्थाको विषयमा जानकारी गराउँदै ऐनले व्यवस्था गरेको कर्जा सूचना केन्द्र, ऋण असुलीन्यायाधिकरण, बचत तथाकर्जा सुरक्षण कोषको कार्यान्वयन तत्काल गर्नुपर्ने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारी बैंकलाई पूर्ण बैङ्किङ कारोबारको लागि सहजिकरण, सहुलियतपूर्ण कर्जा सहकारी बैंकमार्फत परिचालन गर्न आग्रह गरे ।
सहकारीको विकास र प्रवर्द्धनमा राष्ट्रिय सहकारी बैंककोे योगदान र बैंकको विगत र वर्तमानको विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डित, बैंकका नि–वर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल र बैंकको उच्च व्यवस्थापनका कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस