aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सनराइज बैंकको यस वर्ष लाभांश नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ मंसिर २०७९
सनराइज बैंकको यस वर्ष लाभांश नदिने

काठमाडौं । सनराइज बैंक लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । बैंकको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई स्वीकृति प्रदान गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । विगतका वर्षहरुमा यस बैंकले निरन्तर लाभांश वितरण गर्दै आएको थियो । 

बैंकले विगत दश वर्षमा वितरण गरेको लाभांशको अवस्थालाई हेर्दा अधिकतम् ३३ दशमलव ३३ प्रतिशतसम्म लाभांश वितरण गरेको देखिन्छ । आर्थिक वर्ष  २०७२/७३ को सञ्चित मुनाफाबाट बैंकले दश वर्षकै उच्च लाभांश वितरण गरेको हो । उक्त वर्ष बैंकले बोनस शेयर मात्र वितरण गरेको थियो । गत वर्ष ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले यस वर्ष शेयरधनीहरूको हात खाली बनाएको हो ।
 

प्रतिक्रिया दिनुहोस