
महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौतामा उल्लेख भए बमोजिम महालक्ष्मी विकास बैंक लि. का कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग व्ब्ल्द्यक्ष् कोर्स लगायत अन्य विविध तालिम प्रदान गर्ने सहमति भएको छ ।
तालिमपश्चात कर्मचारीहरुमा कुशल कार्य सम्पादन क्षमता अभिवृद्धि र सकरात्मक सोचको विकास हुने अपेक्षा सहित समझदारी पत्रमा हस्ताक्षर गरेको जनाएको छ ।
उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेको छ ।
प्रतिक्रिया दिनुहोस