
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ६४ पैसा र बिक्री दर १३२ रूपैयाँ २४ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ २९ पैसा र बिक्री दर १४० रूपैयाँ ९३ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९८ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ९९ पैसा र बिक्री दर १४२ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ ४० पैसा र बिक्री दर ९० रुपैयाँ ८१ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस