aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मुक्तिनाथ विकास बैंकको हकप्रद खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
मुक्तिनाथ विकास बैंकको हकप्रद खुल्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकको हकप्रद तथा बिक्री खुला भएको छ । कम्पनीको हकप्रदमा बिहीबारदेखि आवेदन दिन सकिन्छ । बैंकले ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । 

कम्पनीले साउन ३० गतेसम्मका कायम शेयरधनीका लागि १० कित्ता साधारण शेयर बराबर नयाँ २ कित्ता साधारण शेयर (१० बराबर २) को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा असोज १५ गतेसम्म आवेदन दिन सकिन्छ । बैंकको हकप्रद शेयर खरीदको लागि भिबोर क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकको केन्द्रय तथा सम्पूर्ण शाखा कार्यालय साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ । 
 

प्रतिक्रिया दिनुहोस