aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चर्को व्याजदर विरुद्धको आन्दोलन बुटवलमा पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ मंसिर २०७९
चर्को व्याजदर विरुद्धको आन्दोलन बुटवलमा पुग्यो

काठमाडौं । चर्को व्याजदरको विरुद्धको आन्दोलन बुटवलमा पुगेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल लुम्बिनी प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य लुम्बिनी अटोमोवाइल्स एशोसिएशन नेपाले पनि बुटवलको बसपार्कमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत त्यस एशोसिएशनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो । 

सो एशोसिएशनका अध्यक्ष गणेश भट्टराईले सरकारले कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयात खुला गरे पनि बैंकहरुको उच्च व्याज दरका कारण सवारी साधनहरुको बिक्री वितरण हुने वातावरण बन्न नसकेको दुखेसो गर्दे अझै थुप्रै जटिलताहरु रहेको धारणा राख्नु भएको थियो । यस अघि उक्त एशोसिएशनका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंक भैरहवामा ज्ञापनपत्र समेत बुझाएका थिए । 

प्रतिक्रिया दिनुहोस