
काठमाडौं । आफ्ना नीति निर्देशनप्रति बैंकरहरुले चुनौती दिन थालेपछि नेपाल राष्ट्र बैंकले बैंकरहरुको कदमप्रति असन्तुष्टि जनाएको छ । बिहीबार नेसनल बैंकिङ इन्ष्टिच्युसन (एनबीई) द्वारा आयोजित डाइरेक्टर्स कन्फ्रेन्समा बोल्दै नेपाल राष्ट्रका प्रवक्तासमेत रहेका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बैंकरहरुको पछिल्लो कदमप्रति केन्द्रीय बैंक असन्तुष्ट रहेको संकेत दिएका छन् ।
उनले कार्यक्रम राष्ट्र बैंकले ल्याएका कुनै नीति नियमको तत्कालै विरोध गर्ने प्रवृत्ति त्याग्न बैंकरहरुलाई सुझाव दिएका छन् । पछि राष्ट्र बैंकको नीति ठीक रहेछ भन्नुपर्छ भने तत्कालै प्रक्रिया दिन नहुने उनको भनाइ थियो । पछिल्लोपटक केन्द्रीय बैंकले जारी गरेका नीतिविरुद्ध बैंकर एसोसिएसनले विज्ञप्ति जारी गर्दै विरोध जनाउने तथा बैंकरहरुले मुद्दा हाल्ने र सार्वजनिक मञ्चबाट विरोध गर्ने गरेको प्रति केन्द्रीय बैंक रुष्ट भएको हो ।
प्रतिक्रिया दिनुहोस