
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी कुल ८.९५ प्रतिशतले हुन आउने १ अर्ब ६६ करोड ९७ लाख ४० हजार ८९१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
जसमा ४ प्रतिशत बोनस शेयर र ४.९५ प्रतिशत नगद लाभांश (कर सहित) छन्। यो लाभांश बैंकको साधारण सभा र राष्ट्र बैंकबाट स्विकृत भएपछि वितरण गरिने छ ।
प्रतिक्रिया दिनुहोस