aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सातदोबाटोमा ज्योति विकास बैंकको शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
सातदोबाटोमा ज्योति विकास बैंकको शाखा

काठमाडौं । ज्योति विकास बैंकले ललितपुरको सातदोबाटोमा नयाँ शाखा उद्घाटन गरेको छ।  उक्त शाखा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल उद्घाटन गरेका  थिए।

ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैंकको बारेमा प्रकाश पारेका थिए । हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यस आर्थिक वर्षभित्र बैंकले थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट ३० अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई  २६ अर्बभन्दा बढी लगानी गरेको बैंकले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस