aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनसेबक बचत तथा ऋण सहकारीको नयाँ सञ्चालक नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ पुस २०७९
जनसेबक बचत तथा ऋण सहकारीको नयाँ सञ्चालक नियुक्त

भैरहवा । जनसेबक बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा भएको छ । शनिबार भैरहबामा सम्पन्न साधारण सभामा सहकारीमा बर्षभरी भएका आयब्यय, कार्ययोजना, संस्थाको प्रगति, खर्च सहितका वार्षिक प्रतिबेदन पारित गरिएको छ । अध्यक्षमा जनकराज पन्त, सचिव गोबिन्दप्रसाद भुर्तेल सदस्यमा खिमबहादुर पाण्डे, लेखा संयोजक सदस्यमा दिपेन्द्र प्रसाद खनाल र केशवराज पाण्डे निर्वाचित भएका छन् ।

सहकारीको बलियो आधार बचत भएकाले संस्थाको कोषमा बचत रकम बढाउने, नितिगत कार्ययोजना, कर्मचारी तालिम, शेयरसदस्यको वृद्धि, समयमा बचत, लगानी र असुली हुनसके संस्थाको लक्ष्य प्राप्तिमा कुनै बाधा नहुने संस्थाका सेयरसदस्य माधबप्रसाद कोइरालाले बताए ।

सानोसानो बचतबाट ठुलो कोषको निर्माण गरी अत्यावश्यक र जटिल समयमा सहयोग प्रदान गर्न संस्था सधै अग्रसर रहेको संस्थाकी उपाध्यक्ष सिता दाहालले बताइन् । सहकारीका सचिब जनकराज पन्तले संस्थाको सोच, सपना र लक्ष्य अझै पुरा नभएको र पुरा गर्न नयाँ सोच र प्रक्रियाबाट संस्थाको सञ्चालनमा अगाडि बढ्नेमा जोड दिए ।

संस्थााको ११ औ साधारण सभामा असल ऋणीको रुपमा दुईजना शेयर सदस्यलाई सम्मानित गरीएको छ । सम्मानित हुनेमा शान्ति भट्टराई नेपाल र खिमबहादुर पाण्डे रहेका छन् । संस्थामा विविध कारणले गर्दा रिक्त रहेका पदमा नयाँ निर्वाचित पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस