aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सानिमा बैंकको साधारण सभा आज, १०.९८ प्रतिशत लाभांश पारित हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
सानिमा बैंकको साधारण सभा आज, १०.९८ प्रतिशत लाभांश पारित हुदैं

काठमाडौं । सानिमा बैंक लिमिटेडले पुस ३ गते (आज) १८औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आम्रपाली व्यांकेट, बालुवाटार, काठमाडौंमा विहान ११ बजे सभा गर्न लागेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

साथै बैंकले यस वर्ष वितरण गर्ने प्रस्ताव गरेको कुल १० दशमलव ९८ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजारको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

उल्लेखित प्रस्तावहरूसँगै सर्वसाधारण समूह तर्फ दुई जना सञ्चालनको निर्वाचन समेत सभाले गर्नेछ । बैंकको अधिकृत पूँजी रू. १२ अर्बलाई बृद्धि गरी रू. १५ अर्ब पु¥याउने प्रस्ताव पनि बैंकले सभाका लागि तय गरेको छ । साधारण सभा प्रयोजनका लागि मंसिर १९ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस