aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मुक्तिनाथ विकास बैंकले प्रस्ताव गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
मुक्तिनाथ विकास बैंकले प्रस्ताव गर्यो लाभांश

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस