
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले यस वर्षको लागि वितरण गर्ने प्रस्ताव गरेको कुल ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष ०७८/७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ५५ करोड ३९ लाख ९ हजारको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
बैंकले साधारण सभा प्रयोजनका लागि पुस ४ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकसँग प्राप्ति प्रकृयामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस