aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महालक्ष्मी विकास बैंकले यस वर्ष १०.४७ प्रतिशत लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
महालक्ष्मी विकास बैंकले यस वर्ष १०.४७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्ष कुल १० दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको पुस १ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ६ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल बैंकको चुक्तापूँजी रू. ४  अर्ब १ करोड ८ लाख ८३ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. ४१ करोड ९९ लाख ३९ हजार बराबरको लाभांश वितरणको तयारी बैंकले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस