aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

रमेश दुवाडी कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा नियूक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
रमेश दुवाडी कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा नियूक्त

काठमाडौं । कृषि विकास बैंक बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा रमेश दुवाडी नियूक्ति भएका छन । नवनियूक्त अध्यक्ष विभिन्न संघ÷संस्थाको संचालक समितिमा सदस्य रहि कार्य गरेको अनुभव समेत रहेको छ । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष  रमेश दुवाडीलाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा गर्भनर  महाप्रसाद अधिकारीले सपथ ग्रहण गराए । 

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर  बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक  गुणाखर भट्ट,  बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव  मुक्ती प्रसाद सापकोटा उपस्थिति रहेका थिए । 

कृषि विकास बैंक लि.का संचालक समिति सदस्य डा.इन्दिरा मास्के श्रेष्ठ, विनोद कुमार गुरांगाई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी, कम्पनी  सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थित थियो । 

प्रतिक्रिया दिनुहोस