aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बैंकमा रकम जम्मा गर्दा १ करोड ३१ लाखको बीमा पनि पाउनुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
बैंकमा रकम जम्मा गर्दा १ करोड ३१ लाखको बीमा पनि पाउनुहोस

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।  “सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता निक्षेप योजना सार्वजनिक गरेको छ । 

त्यस्तै, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाता हरेका छन् । 

 निक्षेप योजनाहरुमा ग्राहकले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । निक्षेपमा सहभागी परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोड सम्म रुपैयाँको बीमा सुविधा, दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि  ३० लाख रुपैयाँसम्मको बिमा सुविधा रहेको छ ।  

 परिवारका लागि  १ लाख ५० हजार रुपैयाँसम्मको औषधी उपचार बिमा सुविधासमेत प्राप्त गर्न सक्नुहुनेछ । सुपर चमत्कारिक बचत योजनाअन्तर्गत यस बैंकका ग्राहकहरुले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्नुहुनेछ । साथै कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ । 

प्रतिक्रिया दिनुहोस