aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कामना सेवा विकास बैंकको एससीटी–युपीआई डेबिट कार्ड सेवा शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
कामना सेवा विकास बैंकको एससीटी–युपीआई डेबिट कार्ड सेवा शुरु

काठमाडौं । कामना सेवा विकास बैंकले एससीटी–युपीआई डेबिट कार्ड शुरु गरेको छ । बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको हो ।  

बैंकले शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुचारु गरेको हो । बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत बिकाश ढुङ्गाना, उच्च पदस्थ कर्मचारीहरूका साथै संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।

यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ ।  
 

प्रतिक्रिया दिनुहोस