aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मञ्जुश्री फाईनान्सले यस वर्ष लाभांश वितरण नगर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
मञ्जुश्री फाईनान्सले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै यस वर्ष लाभांश वितरणको प्रस्ताव नगरेको जानकारी दिएको छ । सञ्चालक समितिले स्वीकृत गरेको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय भएको जानकारी दिइएको छ । 

विगत वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लाभांश वितरण नगर्ने निर्णयमा पुगेको हो । अघिल्लो आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस