
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका छन् । यी दुबै कम्पनीले पुस १ गते एक आपसमा गाभिने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
सामुदायिक लघुवित्तको चुक्ता पूँजी रू. १३ करोड २० लाख रहेको छ भने बिपिडब्लु लघुवित्तले हालसम्ममा सर्वसाधारणमा शेयर जारी गरेको छैन । यस कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
प्रतिक्रिया दिनुहोस