
काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको एकीकृत कारोबार शुक्रवारदेखि शुरू भएको छ । कम्पनी प्रवद्र्धक नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गरेपश्चात् संयुक्त कारोबार शुरू भएको हो । धितोपत्र बोर्डको कानूनी व्यवस्थाअनुरूप मर्जर तथा प्राप्तिपश्चात् कम्पनीका सहायक कम्पनीले पनि ६ महीनाभित्र एकीकृत कारोबार शुरू गरिसक्नुपर्ने छ । गत मङ्सिर १८ मा ती सहायक कम्पनीले आ–आफ्नो विशेष साधारण सभामार्फत एकआपसमा गाभ्ने÷गाभिनेसम्बन्धी एजेन्डा पारित गरेका थिए ।
विशेष साधारणसभाबाट अनुमोदित निर्णयसहित दुवै कम्पनीले एकीकृत कारोबारका लागि पेश गरेकोमा कम्पनी रजिष्ट्रारबाट एकीकृत कारोबार गर्न स्वीकृति प्राप्त भएपछि एकीकृत कारोबार शुरू गरिएको हो ।
एकीकृत कारोबारसम्बन्धी घोषणा सभामा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानालगायत बैंकका उपप्रमुख, कार्यकारी अधिकृतहरू तथा साविक नेपाल बंगलादेश क्यापिटलका सञ्चालकहरू र नबिल इन्भेष्टमेन्टका सञ्चालकहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस