aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सानिमा बैंकको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
सानिमा बैंकको लाभांश पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडले साधारण सभा सम्पन्न भएको छ । आईतबार बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सर्वसाधारण समूहको तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल १८ औं वार्षिक साधारण सभाबाट निर्वाचित भएका छन् ।  

प्रतिक्रिया दिनुहोस