aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा, १०.५३ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ पुस २०७९
नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा, १०.५३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस २५ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकको मंसिर १२ गतेको सञ्चालक समितिको बैठकलले हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजारको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । यस वर्ष बैंकले नगद लाभांशमा जोड दिएको छ । 

उल्लेखित प्रस्तावहरू सहित बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको समेत गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने कार्यक्रम सभाका लागि तय भएको छ । सञ्चालक समिति तथा सञ्चालक समितिका उपसमितिहरुको बैठकमा भाग लिए वापत सञ्चालक समितिका अध्यक्ष तथा अन्य सञ्चालकहरूलाई दिने भक्ता बृद्धि गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । 

अध्यक्षका लागि प्रति बैठक रू. १८ हजार र सञ्चालकका लागि प्रति बैठक रू. १५ हजार दिने प्रस्ताव बैंकले गरेको छ । साथै बैंकले आगामी दिनमा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्कृयामा जान चाहेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयर धनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 
 

प्रतिक्रिया दिनुहोस