aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एनएमबि बैंकको “अपन एनएमबि बचत खाता” मा उच्चतम ब्याजदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ पुस २०७९
एनएमबि बैंकको “अपन एनएमबि बचत खाता” मा उच्चतम ब्याजदर

काठमाडौं । मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने “अपन एनएमबि बचत खाता” सन्चालनमा ल्याएको छ । उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेर, आस्बा सेवा लगायत अन्य थुप्रै आकर्शक सुविधाहरु पनि प्रदान गर्नेछ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’उपाधीबाट सम्मानित भएको बैंक हो । 

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’प्राप्त गरि सकेकको छ ।  एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस