aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पोखरा फाइनान्सले प्रस्ताव गर्यो गत वर्षभन्दा कम लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ पुस २०७९
पोखरा फाइनान्सले प्रस्ताव गर्यो गत वर्षभन्दा कम लाभांश

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको पुस ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ९ लाख १९ हजारको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले ८ दशमलव ०७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२५ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष भने कुल ४ दशमलव २१ प्रतिशत लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस