aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लुम्बिनी विकास बैंकले ११ प्रतिशत लाभांश पुस २६ गते पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ पुस २०७९
लुम्बिनी विकास बैंकले ११ प्रतिशत लाभांश पुस २६ गते पारित गर्ने

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले पुस २६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ४ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित ११ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

उल्लेखित प्रस्तावसँगै सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना र सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना गरी ६ जना सञ्चालकहरू निर्वाचन समेत गर्नेछ । संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालका लागि नयाँ सञ्चालक लोमस मानन्धरको नियुक्ती अनुमोदन समेत सभाले गर्नेछ । 

अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक देखिएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्नेछ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस