
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले पुस २० गतेदेखि ११ लाख १६ हजार ६१६ दशमलव १८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले गत साउन २३ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमा विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक तर्फको उक्त शेयर माघ ४ गतेसम्मका लागि लिलामीमा विक्री खुला गर्न लागेको हो । कम्पनीले दोस्रो पटक अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ । शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटे्ड रहेको छ ।
विक्री प्रबन्धकसँगै नेपाल फाइनान्स कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंसँगै शाखा कार्यालय बनेपा, माछापुच्छ्रे , लगनखेल र तिलोत्तमा शाखाबाट आवेदन दिन सकिनेछ । साथै प्रभु बैंकको विराटनगर, बीरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस