aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

युनाइटेड इन्स्योरेन्सले पुस २७ गते बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ पुस २०७९
युनाइटेड इन्स्योरेन्सले पुस २७ गते बोलायो साधारण सभा

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले पुस २७ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल ५ दशमलव २६ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नृेछ । 

कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ८१ लाखभन्दा बढी रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन पुस १४ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस