aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सिभिल बैंकले गर्यो लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ पुस २०७९
सिभिल बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं । सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंगलरबार बिहान बसेको बैंकको सञ्चालक समितिको ४०३ औं बैठकले आफ्ना शेयरधनिहरुलाई लाभांश दिने निर्णय गरेको हो । 

बैंकको आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा बैंकको साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने गरि हाल चुक्ता पुँजीको ९ अर्ब सात करोड अन्ठाउन्न लाख त्रीचालीस करोड आठ सय नब्बे  रुपैयाँ ३१ पैसाको ५ प्रतिशत का दरले हुन आउने ४५ करोड ३७ लाख ९२ हजार एक सय ९४ रुपैयाँ ५२ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ का दरले हुन आउने दुई करोड ३८ लाख ४३ हजार सात सय ९९ रुपैयाँ ७१ पैसा नगद लाभांश शेयरधनिहरुलाई वितरण गरिने भएको हो । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।   
 

प्रतिक्रिया दिनुहोस