
काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट कुल १९ दशमलव ११ प्रतिशत लाभांश बाड्ने भएको छ । बैंकको पुस ५ गते विहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ दशमलव ११ प्तिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि आगामी साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस