aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

महुली लघुवित्तले  एफपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियूक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ पुस २०७९
महुली लघुवित्तले  एफपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियूक्त

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको चार लाख सोह्र हजार एक सय सत्तचालिस कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा नयाँ निष्काशनं(एफपिओ) जारी गर्नका लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि एक कार्यक्रमका बिच महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले द्धिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरीएको छ  ।
 

प्रतिक्रिया दिनुहोस