
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ४७ पैसा र बिक्री दर १४१ रूपैयाँ ११ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ५० पैसा र बिक्री दर १६१ रूपैयाँ २३ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ६६ पैसा र बिक्री दर १४३ रुपैयाँ ३१ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ३० पैसा र बिक्री दर ८८ रुपैयाँ ७० पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस