
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव १६ प्रतिशत लाभांश पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका छन् । बैंकले प्रस्तावित लाभांश सहितका विविध प्रस्ताव पारितका लागि पुस २८ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक ब्लोज गर्ने भएकाले पुस १२ सम्म कायम शेयरधनीहरूले मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
बैंकले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वितरणयोग्य मुनाफाबाट कुल १३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकको मंसिर २० गतेको सञ्चालक समितिको बैठकले १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रहेको छ ।
सोही पूँजीको आधारमा रू. १ अर्ब ६४ करोड ७९ लाख ५० हजार बराबरको नगद लाभांश बैंकले वितरण गर्न लागेको हो । अघिल्ला दुई आर्थिक वर्ष समान १५ प्रतिशत लाभांश वितरण गरेको बैंकले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष बैंकले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस