aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुहेश्वरी मर्चेन्टले प्रस्ताव गर्याे लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ पुस २०७९
गुहेश्वरी मर्चेन्टले प्रस्ताव गर्याे लाभांश

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/.७९ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले गत वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चृक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

 हाल कम्पनीको चुक्तापूँजी रू. ९५ करोड ४ लाख रहेको छ । सोही पूँजीको आधारमा रू. ६ करोड ६५ लाख २८ हजार बराबरको बोनस शेयर र रू. ३५ लाख १ हजार ४७३ बराबरको नगद लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस