aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मेरो माइक्रोफाइनान्सको लाभांश प्रस्ताव ,बोनस शेयर कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ पुस २०७९
मेरो माइक्रोफाइनान्सको लाभांश प्रस्ताव ,बोनस शेयर कति ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आव २०७८÷७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांश मध्ये १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश कर सहित रहेको छ । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा यस वर्ष कम्पनीले बोनस शेयर भन्दा नगद लाभांशमा जोड दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस