
काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालकमा प्राडा तारादेवी चित्रकार नियुक्त भएकी छिन । प्राइम बैंकको हालै बसेको यस बैंकको सञ्चालक समितिको ४५५ औं बैठकले प्राडा चित्रकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
नेपाल विद्याभूषण “क” बाट विभूषित, व्यवस्थापन विषय अन्तर्गत उत्पादनमूलक प्रतिष्ठानको सन्दर्भमा नेपालमा निजीकरणको समीक्षा विषयमा विद्यावारिधि गरेकी चित्रकार त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन समेत गदर्छिन ।
प्रतिक्रिया दिनुहोस