aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्राइम कमर्सियल बैंकले ८.९५ प्रतिशत लाभांश पुस २८ गते पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ पुस २०७९
प्राइम कमर्सियल बैंकले ८.९५ प्रतिशत लाभांश पुस २८ गते पारित गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले पुस २८ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ६ गतेको सञ्चालक समितिको बैठकले कार्की व्याङ्क्वेट, बबरमहल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल ८ दशमलव ९५ प्रतिशत लाभांशलाई समेत स्वीकृति प्रदान गर्नेछ ।

बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उल्लेखित प्रस्ताव सहित अन्य कुनै बैंक तथा वित्तीय संस्थासँगै मर्जर तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि सभाले गर्नेछ । 

साथै सर्वसाधारण शेयरधनीहरूबाट दुई जना र संस्थापक शेयरधनीहरूको तर्फबाट तीन जना गरी पाँच सञ्चालकको निर्वाचन, मनोनयन वा नियुक्ती गर्ने कार्यक्रम समेत सभका ला ितय भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस